अब बिटक्वाइन प्रयोग गरेर पनि टेस्लाको कार किन्न सकिने
काठमाडौँ । अब क्रिप्टो करेन्सी बिटक्वाइन प्रयोग गरेर पनि टेस्लाको कार किन्न सकिने भएको छ । कम्पनीका सीईओ एलन मस्कले बुधबार एक ट्विट गर्दै बिटक्वाइनमार्फत टेस्लाले उत्पादन गरेका सवारी–साधन किन्न सकिने घोषणा गरेसँगै विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाका उत्पादनहरु खरिद गर्न सकिने भएको हो ।
सीईओ एलन मस्कका अनुसार यो सुविदा हाल अमेरिकामा मात्र दिईनेछ । उक्त कम्पनीले गत महिना मात्र १.५ बिलियन डलर बराबरको बिटक्वाइन खरिद गरेको थियो । कार बिक्री गरेबापत प्राप्त बिटक्वाइनलाई वास्तविक मुद्राका रुपमा सटही नगर्ने पनि मस्कले जनाएका समाचार संस्था रोयटर्सले जनाएको छ ।