image
image

१२ महिनामा ५८ लाख राजश्व संकलन

काठमाडौँ, २८, असार । यहाँ दुर्गम तर भुगोलका हिसाबले ठूलो र जनसंख्याको हिसाबले जिल्लाकै सानाे मुगमकामारोङ्ग गाउँपालिकाले १२ महिनामा ५८ लाखभन्दा बढी राजश्व संकलन गरेको छ ।

वडा कार्यालय बाट हुने जन्म, मृत्यु, बसाइसराइ लगायत अन्य सिफारिसबाट ३२ लाख ५ हजार ४ सय ४९ रुपैयाँ र प्रशासनिक शुल्कबाट ४५ हजार संकलन भएकाे छ । पालिकाभित्र हुने कर्मचारी भर्नाबापत लिइएको परिक्षा शुल्कबाट रु ५५ हजार ८५० रुपैयाँ, बहुमूल्य जडिबुटी अर्थात् जीवन बुटी संकलकहरुबाट रु ४५ लाख ५ हजार ५ सय र गाँउपालिकाका विभिन्न स्रोतबाट रु १५ हजार ५ सय संकलन भएकाे हाे ।

यस्तै, एम्बुलेन्स सेवाबाट रु १ लाख ५७ हजार ५० रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबाट रु २ लाख ५७ हजार ६ सय, स्काभेटरबाट २ लाख ५० हजार, घर बहाल करवापत ६७ हजार ८ सय २० रुपैयाँ र अन्य सेवा शुल्क बाट रु १ लाख ८ हजार ४ सय ८९ रुपैयाँ गरी जम्मा १२ महिनामा ५८ लाख १० हजार ४ रुपैया संकलन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुवास चन्द्र रावलले बताए ।

याे गाउँपालिका जडिबुटी, वन्यजन्तु, वनस्पति लगायत अन्य धार्मिक सांस्कृतिक भेषभुषा, हिमाल, गुम्बा लगायतका पर्यटकीय गन्तव्यका कारण महत्वपूर्ण मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।