image
image

आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौँ, २९, असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो नेपाली गोलभेँडा, भटमास कोसा र तितो करेला प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेँडा २२ रुपैयाँ ५० पैसा, टनेल गोलभेँडा ३५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ, रातो मुडेको आलु ३९ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ ६७ पैसामा किनबेच हुनेछ । 

उता,  सुकेको प्याज ५० रुपैयाँ, लोकल गाजर, स्थानीय काउली, पालूगो साग, न्युरो, ब्रोकाउली, लोकल काँक्रो प्रतिकेजी ८५ रुपैयाँ, मकै बोडी ९६ रुपैयाँ ६७ पैसा, स्थानीय ज्यापु काउली ९६ रुपैयाँ ६७ पैसा, रातो मूला ४५ रुपैयाँ, लोकल सेतो मूला १४ रुपैयाँ, भन्टा लाम्चो ८६ रुपैयाँ, डल्लो भन्टा ११६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ । 

तने बोडी ७६ रुपैयाँ, मकै बोडी, हाइब्रिड घिउ सिमी, भारतीय मेवा ९६ रुपैयाँ ६७ पैसा, राजमा घिउ सिमी ११६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १३५ रुपैयाँ, लौका र घिरौँला प्रतिकेजी ६५ रुपैयाँ तोकिदा परवर प्रतिकेजी ३८ रुपैयाँ, चिचिन्डो ४६ रुपैयाँ ६७ पैसा, झिगूनी ६६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ४५ रुपैयाँ, भिण्डी ८६ रुपैयाँ, पिँडालु, स्कूस, हरियो प्याज, रातो बन्दा र जिरीको साग प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, रायोको साग ९६ रुपैयाँ ६७ पैसामा खरिदबिक्री भएको छ । 

उता, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६४ रुपैयाँ, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरिलो २३३ रुपैयाँ ३३ पैसा, चुकन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले ४५० रुपैयाँ, पुदिना १३५ रुपैयाँ, इमली १३६ रुपैयाँ ६७ पैसा, तामा १३० रुपैयाँ, तोफु ११६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ ३३३ रुपैयाँ ३३ पैसा, कागती १३२ रुपैयाँ पर्नेछ । 

यसैगरी, अनार ४२५ रुपैयाँ, मालदह आँप १५५ रुपैयाँ, दसहरी आँप १२६ रुपैयाँ ६७ पैसा, चोसा १३५ रुपैयाँ, कलकत्ते आँप ६६ रुपैयाँ ६७ पैसा, हरियो अङ्गुर ४७५ रुपैयाँ, कालो अङ्गुर ५६५ रुपैयाँ, भुईँ कटहर प्रतिगोटा १६५ रुपैयाँ, किवी ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २८८ रुपैयाँ पर्नेछ ।

यसैगरी, अकबरे खुर्सानी प्रतिकेजी ४५० रुपैयाँ, भेडे खुर्सानी ७६ रुपैयाँ, हरियो लसुन २७५ रुपैयाँ, सुकेको चाइनिज लसुन २५५ रुपैयाँ, सुकेको नेपाली लसुन २०६ रुपैयाँ ६७ पैसा, सुकेको छ्यापी १४० रुपैयाँ, रहु माछा १४० रुपैयाँ, रहु ताजा माछा ३२० रुपैयाँ, बुचवा माछा २५० रुपैयाँ र मुंगरी र छडी माछा ३३० रुपैयाँ पर्ने मूल्य सूचीमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।