image
image

आजको तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौँ, १, साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज तरकारीमा सबैभन्दा सस्तो बन्दा रहेको छ । आज लोकल बन्दा १२ रुपैयाँ ५० पैसामा किनबेच भइरहेको छ । 

यस्तै, ठूलो नेपाली गोलभेडा, लोकल गाँजर, हाइब्रिड सिमी, रायोको साग र ब्रोकाउली प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ५४ रुपैयाँ २० पैसा, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ २० पैसा, सेतो आलु ३५ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै, सुकेको भारतीय प्याज ४९ रुपैयाँ, स्थानीय काउली ८३ रुपैयाँ ३३ पैसा, रातो मूला, चिचिन्डो, तितो करेला, रूख कटहर र डल्ले हरियो फर्सी प्रतिकेजी ४५ रुपैयाँ, लोकल सेतो मूला २२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ५५ रुपैयाँ रहेको छ ।

यसैगरी, मकै बोडी, लोकल घिउ सिमी, भटमासकोशा, न्यूरो, चुकुन्दर, गान्टे मूला र कलकत्ते आँप ७५ रुपैयाँ, तने बोडी ५४ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी र भारतीय मेवा ९५ रुपैयाँ पर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।