image
image

नेप्सेमा छायो हरियाली, ४७ अङ्कले बढेर २१ सय विन्दु नाघ्यो

काठमाडौँ, १, साउन । आज साेमवारदेखि सुरु भएको नयाँ आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव शून्य सात अङ्कले बढेर दुई हजार एक सय ४४ दशमलव १६ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, लघुवित्त, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

आज ७६ लाख ३४ हजार कित्ता शेयर दुई अर्ब ५६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।