image
image

सुनको मूल्य ६०० रुपैयाँ बढ्यो

काठमाडौँ, ३, साउन । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।  

यस्तै, आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। गत असार २९ गते बनेको उच्च मूल्यको रेकर्ड आज तोडिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । असार २९ गते चाँदीको मूल्य १ हजार ४ सय ८० रुपैयाँ रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।