image
image

सेयर बजार ११ अंक बढ्यो, कारोबार रकम घट्यो

काठमाडौँ, ३, साउन । बुधबार सेयर बजारको परिसूचक नेप्से ११.१७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१६५ अंकमा कायम भएको छ । कारोबार भइहरहँदा नेप्से ११ : २१ बजे न्यूनतम २१४२ अंकसम्म घट्यो भने १ : ०१ बजे उच्चतम २१७४ अंकसम्म पुगेको थियो  ।

 परिसूचक बढ्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा करिब २० करोड घटेको छ । दिनभर कुल ३ अर्ब ३४ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । कुल ७३ कम्पनीको मूल्य बढ्दा १३१ को घट्यो भने १३ को स्थिर रहृयो ।

यस दिन पनि नेप्सेको वृद्धिमा बैंकिङ र ब्यापार उपसमूहले सबैभन्दा बढी योगदान दिएका छन् । बैंकिङ उपसमूह २.३१ प्रतिशत र व्यापार ४.८ प्रतिशतले बढे । अंकका आधारमा बैंकिङ २९, विकास बैंक ४९, उत्पादन ६६ र व्यापार १२८ अंक बढे । फाइनान्स १८, होटल तथा पर्यटन ३७, जलविद्युत् १९, जीवन बीमा ४८, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा १ र अन्य उपसमूह १५ अंक घटे । बीपीडब्लू लघुवित्तको मूल्य १० प्रतिशत बढ्दा विशाल बजार कम्पनीको ७ प्रतिशत बढ्यो ।

युनाइटेड अजोड इन्स्योरेन्सको मूल्य ६.५ र बोटलर्स नेपाल तराईको मूल्य ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा युनाइटेड अजोड, एनआईसी एसिया बैंक, शिवम्, फर्स्टमाइक्रोफाइनान्स र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।