image
image
आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौ,१० साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ७० पैसा र बिक्री दर १३१ रूपैयाँ ३० पैसा रहेको छ भने युरो एकको खरिद दर १४४ रूपैयाँ ३७ पैसा र बिक्री दर १४५ रूपैयाँ ०३ पैसामा किनबेच गर्न सकिनेछ ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसामा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ ८६ पैसा र बिक्री दर १४५ रूपैयाँ ५३ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ७९ पैसा र बिक्री दर १६८ रूपैयाँ ५६ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसामा खरिदबिक्री हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसामा कायम गरेको राष्ट्र बैंकले दक्षिण कोरीया वन १०० को खरिदमा १० रूपैयाँ २४ पैसा र बिक्रीदर १० रूपैयाँ २८ पैसामा कारोबार गर्न सकिने गरी अनुमति दिएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाएको छ । साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२५.६९ पैसा तथा विक्रीदर ४२७.६५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।