image
image
आजको तरकारी र फलफूलको मूल्य, मालदह आँप १५० रुपैयाँ

आजको तरकारी र फलफूलको मूल्य, मालदह आँप १५० रुपैयाँ


काठमाडौ, १३ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज ठूलो गोलभेँडाको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ ।

नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज १०० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य भने आज स्थिर रहेर ३५ रुपैयाँ नै कायम छ । रातो आलु ४८ रुपैयाँ र सेतोे आलुको न्यूनतम मूल्य ३४ रुपैयाँ रहेको छ ।

समितिका अनुसार स्थानीय काउलीको मूल्य भने हिजो तुलनामा १० रुपैयाँले बढेर ७० रुपैयाँ न्युनतम मूल्यमा बिक्रि भईरहेको छ । यस्तै गाजरको मूल्य आज १० रुपैयाँले घटेर प्रतिकेजी ११० रुपैयाँमा आएको छ ।

यस्तै, घिउ सिमी लोकल ३०, मूला रातो ३०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमासकोशा ८०, तितो करेला ५०, लौका ४०, परवल ४०, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ६०, कन्ने च्याउ १५०, डल्ले च्याउ ३५०, काँक्रो लोकल ४०, कुरीलो ४०० र स्कूस ७० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ ।

रायोको साग प्रतिकेजी ८० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।त्यस्तै,फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागती १५० रुपैयाँमा विक्रि भईरहेको छ ।

अनार ३०० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ । आँप मालदह १५०, अंगुर कालोको ५२० रुपैयाँ मूल्य तोकिएको छ । तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।