image
image
ग्राहकका लागि सानिमा बैंकद्वारा नयाँ खाता सेवा सार्वजनिक

ग्राहकका लागि सानिमा बैंकद्वारा नयाँ खाता सेवा सार्वजनिक

 

काठमाडौ, १३ साउन । ग्राहकका लागि सानिमा बैंकले ‘सानिमा फाइभ इन वान खाता सेवा सार्वजनिक गरेको छ। सानिमा फाइन इन वान खाता सेवा, सानिमा थ्री इन वान खाताको परिष्कृत सेवा हो। यसअन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी–आस्बा र मेरो सेयरको सेवाका लागि एकैपटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन्।

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो। यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकले बैंकको वेवसाइटमा उपलब्ध फाइभ इन वान अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता (नयाँ ग्राहकका लागि), डिम्याट खाता, सी–आस्बा, मेरो सेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्ने सेयर ट्रेडिङ खाता सहजै खोल्न सक्नेछन्।

सानिमा बैंकले ग्राहकलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो। सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटीएम सञ्जाल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।