image
image
अर्थतन्त्रको मनोवल गिर्न नदिन अन्य बैंकको तुलनामा राष्ट्र बैकले लचकता देखाएको छ : गर्भनर

अर्थतन्त्रको मनोवल गिर्न नदिन अन्य बैंकको तुलनामा राष्ट्र बैकले लचकता देखाएको छ : गर्भनर


काठमाडौ, १४ साउन । निजी क्षेत्रतर्फ ११.५ प्रतिशतको कर्जा वृद्धि हुने लक्ष्य राखेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा गभर्नर अर्थतन्त्रको मनोवल गिर्न नदिन अन्य बैंकको तुलनामा राष्ट्र बैकले लचकता देखाएको उल्लेख गरेका छन् ।

गभर्नर अधिकारीले भने ‘ अन्य बैंकको तुलनामा हामी अलि लचक भएका छौं । गत वर्षको तुलनामा अवस्था अलि सहज हुँदै गएको छ । हाम्रो अर्थतन्त्रमा परेको असर र मनोवल गिरेको अवस्था छ । त्यसलाई पनि कही कतै प्रश्रय दिन सकिन्छ की भनेर हामीले यति रेट घटाइराख्दा भन्ने हिसावले हामीले यो दरलाई अति तल झारेका छौं ।

त्यसैगरी गभर्नर अधिकारीले भने, समग्रमा ११.५ प्रतिशतको कर्जा निजी क्षेत्रतर्फ वृद्धि हुने लक्ष्य हामीले राखेका छौं । ’ गभर्नर अधिकारीले प्रत्येक वर्ष मौद्रिक नीतिले लिएको लक्षलाई आफ्नो आफ्नो कार्ययोजनामा कार्यन्वयन गर्ने हो भने लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।