image
image
५ बुँदे मागसहित आन्दोलनमा उत्रिए निर्माण व्यवसायी

५ बुँदे मागसहित आन्दोलनमा उत्रिए निर्माण व्यवसायी

काठमाडौं, १४ साउन । नेपाल निमार्ण व्यवसायी महासंघ निमार्ण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजन उपभोक्ता समिति खारेजी लगायतका ५ बुदेँ मागसहित आन्दोलनमा उत्रिएको छ । 

आज सार्वजनिक खरिद अनुगमनको कार्यालय अगाडि उनीहरुले धर्ना दिएका छन् । उक्त धर्नामा निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले ४ खर्बका आयोजनाहरुमा बजेट विनियोजन नगरेको तर सम्झौता भने गरेको भन्दै यसको समाधानको लागि म्याद थप मात्रै नभइ रकमको व्यवस्था गर्नुपर्ने बताएका छन् । 

उनले भने, सरकारले हामीसँग सम्झौता गरेको आयोजनाको भुक्तानी हुन सकेको छैन्, ४ खर्बका त्यस्ता आयोजनाहरु छन् जुन सरकारले बजेट विनियोजन नगरेको तर सम्झौता भने गरेको छ । म्याद थप मात्रै गरेर यो समस्याको समाधान हुदैँन्, यसको लागि सरकारले रकमको व्यवस्था गनुपर्छ । ’ 

अध्यक्ष सिंहले विगतमा अर्थमन्त्रीले प्रतिवद्धता जनाए अनुसार काम गरेको भुक्तानी नपाएको कारण सप्लाईहरु रोकिने, चेक बाउन्स हुने र मजदुरहरुको भुक्तानी गर्न नसक्ने अवस्था आएको गुनोसो पनि गरेका छन् ।

त्यस्तै, सार्वजनिक खरिद नियमावलिलाई प्रतिस्थापन गर्ने गरेर असार २१ गते आएको आदेशले मागहरुको सम्बोधन नभएको पनि बताए । उनले सरकारले योजनाको लागि रकम विनियोजन गरेर मात्रै टेन्डर लिन पनि आग्रह गरेका छन् ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।