image
image
५.७९ अंकले बढ्यो सेयर बजार

५.७९ अंकले बढ्यो सेयर बजार



काठमाडौं, १५ साउन ।  मौद्रिक नीतिपछि आज  पहिलोपटक सेयर बजार बढेको छ । यस दिन नेप्से सूचक ५.७९ अंकले बढेर २१०६.१४ विन्दुमा अडिएको छ । कारोबार रकम भने १ अर्ब ८४ करोड रुपैयाँ हाराहारीमा मात्र रहेको छ । 
 
गत आइतबार बजार खुलिरहेकै बेला मौद्रिक नीति सार्वजनिक भएको थियो । त्यसदिन भने बजार बेस्सरी बढेको थियो । त्यसपछि लगातार घट्न थालेको बजार आज आएर मात्र रोकिएको हो । ५ कार्य दिनमा बजार लगातार तल भर्यो । यसबीचमा नेप्से सूचक करिब १२७ अंकले घट्यो । 
 
मौद्रिक नीतिअघि भने बजार बढेको थियो । एकातिर मौद्रिक नीतिमा ठूला लगानीकर्ताले असन्तुष्टि जनाउनु अनि यहीबेला अर्कोतिर बढेको बजारबाट ट्रेडरहरुले धमाधम नाफा बुक गर्न थाल्दा बजार बेस्सरी चेपुवमा पर्यो । फलस्वरुफ नेप्से लगातार पाँचै कार्य दिन घट्न पुग्यो । 

 यस दिन २६२ कम्पनीको ५५ लाख ३१ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र एसियन लाइफ इन्सुरेन्स रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।