image
image

सरकारी संरचना समस्याग्रस्त रहेको छः अर्थमन्त्री महत


काठमाडौ, २० साउन । सरकारी संरचना समस्याग्रस्त रहेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । आज काठमाडौंमा अयोजित किवानिज नेपाल डिष्ट्रीक डिभिजन ३ साउथको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार संरचनामा जथाभावि खर्च गर्ने र स्रोत साधानको दुरुपयोग गर्ने परम्परा रहेको आरोप लगाएका छन् ।

उनले भने, ‘कम राजस्व उठ्यो । अर्थतन्त्रमा धेरै कारणले शिथिलता आयो । हामी सबैलाई थाहा छ । विस्तारै यसले फेरी एउटा रफ्तार लिन खोजिरहेको छ ।’ उनले भने ‘ सरकारी संरचनामा पनि धेरै समस्या छन् । समयमै काम गर्ने । हरेक रिर्सोसेजको सदुपयोग गर्ने । इफिसियन्सी ल्याउने समन्वयमा गर्ने र प्राथमिकताका क्षेत्रमा खर्च गर्ने । जथाभावि नगर्ने ।

यसका लागि अझै धेरै काम गर्न बाँकी छ । धेरै समस्या छन् । यसलाई अर्डरमा ल्याउने कोसिस गरिरहेको छु ।जुन कार्यक्रममा गयो कार्यक्रमको मनोविज्ञानका आधारमा आश्वासन दिने र उड्न्ते कुरा गर्ने बानीले देशको उन्नति नभएको बताएका उनले भने ‘कुराबाट होइन् कामबाटै प्रमाणित गर्नु पर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।