image
image

राष्ट्र बैंकले गर्‍यो तीनवटा बैंकलाई कारबाही


काठमाडौं असार २२ । गत आर्थिक वर्ष २०७९/८० मा केन्द्रीय बैंकको नीति निर्देशन र कानुनको बाहिर गएर वित्तीय कारोबार गरेरकाले प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरिएको हो । 

जसमध्ये नियम विपरीत आर्थिक गतिविधि सञ्चालन गर्ने कुमारी बैंक र हिमालयन बैंकलाई केन्द्रीय बैंकले झण्डै २ करोड रुपैयाँ बराबर जरिवाना गरेको छ । 

कुमारी बैंकले गत आर्थिक वर्षको माघ महिनामा तोकिएको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै केन्द्रीय बैंकले बैंकमाथि ५९ लाख ६३ हजार ६९४ रुपैयाँ २२ पैसा जरिवाना गरेको छ । 

यस्तै, कात्तिक महिनाको सीडी रेसियो कायम नगरेको भन्दै केन्द्रीय बैंकले हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना गरेको छ । 

अर्को प्राइम कमर्सियल बैंकले भने केन्द्रीय बैंकको निर्देशन बमोजिम कायम गर्नेपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, क्यापिटल एकुरेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको र इ.प्रा.नं. १५/०७९ को व्यवस्था विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई प्रथम पटक सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।