image
image

भारतीय गाडीलाई निषेधको माग राख्दै आन्दोलित ट्याक्सी चालक


काठमाडौ, २५ साउन ।  भारतीय गाडीलाई निषेध गर्नुपर्ने भन्दै यातायात व्यवसायी तथा ट्याक्सी चालकहरू आन्दोलित भएका छन् । बिहीबार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि ५० भन्दा बढी ट्याक्सी तेस्र्याएर विरोध गरेका हुन् । 

उक्त विरोध सभामा बोल्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सि व्यवासायि तथा चालक सेवा समाज काठमाडौका महासचिव दिलिप कुमार श्रेष्ठले भारतीय गाडीको प्रवाहले व्यवसायीहरु मारमा परेको बताएका छन् । 

भारतीय  गाडीहरु विभिन्न प्रवाहबाट नाका प्रवेश गर्ने अनि  केही दिनको परमिट लिएर आउने र नेपालमै बसेर काम गर्ने व्यवसाय गर्ने यसले गर्दा नेपालको व्यवसायहरु पलायन हुने अवस्था आयो । ’

भाडाको काम गर्ने नीजि प्रयोग गर्ने गाडी बन्द गर्नुपर्ने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने,उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संवत् जिपियस नम्बर कायम गर्नुपर्ने उनीहरूको माग छ ।

यस्तै, दुर्घटनामा परी मृत्यु भएमा २५ लाख राहत दिनुपर्ने, ट्याक्सी मिटर सिल चुँडिदा गाडी साहु र चालक जेल जानु पर्ने कानून खारेज गर्नुपर्ने चालकहरुको भनाई छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।