image
image

प्रतिपक्षले सत्तामा नहुँदाको अवस्था स्वीकार्न सकेन : अर्थमन्त्री महत


काठमाडौं २८ असार । प्रतिपक्षले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको अर्थमन्त्री प्रकाशशरण महतले टिप्पणी गरेका छन् । आज संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिपक्षले सत्तामा नहुँदाको अवस्थालाई स्वीकार गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले भने ‘सत्तामा नहुने वित्तिकै यो किसिमको सोच राख्नु भएन् लोकतन्त्रमा सबै सधैं सत्तामा रहिरहदैन् । कहिले भईन्छ कहिले हुदैन् । त्यसलाई त स्वीकार गर्नु पर्यो नी । त्यसैलाई स्वीकार गर्न नसकेको जस्तो हामीलाई महसुस भएको छ ।’सरकार कुनै पनि हालतमा कसैप्रति पूर्वाग्रही नहुने उनको भनाई छ ।

‘सरकार पूर्वाग्राही हुँदैन । हुनु पनि हुँदैन । प्रतिशोधको हिसाबले कुनै काम गर्नु हुँदैन। देश र जनतामाथि बफादार भएर काम गर्नुपर्छ । कुनै पनि संरचनाले त्यो ढंगबाट प्रस्तुत हुनु हुँदैन । अनुसन्धान भइरहेकाले त्यसको स्रोतसम्म पुग्नुपर्छ । को–को संलग्न छन् र जो दोषि छन् ती सबैलाई कानूनी कठघरामा आउनुपर्छ ।’उनले एमालेले संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।