image
image

आजको फलफूल तथा तरकारीको मुल्य, कागती १३० रुपैयाँ


काठमाडौं २९ साउन । पछिल्लो दिनमा लगातार वर्षा हुँदा तरकारीको मूल्यमा भारी वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सार्वजनिक गरेको मूल्य सूचीमा हरियो तरकारीको मूल्यमा वृद्धि भएको हो ।

सार्वजनिक मूल्य अनुसार लोकल काँक्रोमा हिजोको तुलनामा प्रतिकेजी ५० रुपैयाँ बढेको छ । हिजो न्यूनतम ४० रुपैयाँ रहेको काँक्रो आज ९० रुपैयाँ पुगेको छ । गोलभेँडा, स्थानीय काउली र लौकामा प्रतिकेजी ३० रुपैयाँ मूल्य बढेको छ । यस्तै, भन्टा र परवलमा २० रुपैयाँ तथा मकै बोडि ,भटमासकोशामा प्रतिकेजी १० रुपैयाँ वृद्धि भएको छ ।

बजारमा गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ३० रुपैयाँले बढेको छ । आइतबार प्रतिकेजी १३० रुपैयाँ निर्धारण गरिएको गोडभेँडा आज १६० रुपैयाँ न्यूनतम मूल्य निर्धारण भएको छ । छ । लोकल सानो गोलभेँडाको मूल्य १० रुपैयाँले बढेर आज ७० रुपैयाँ पुगेको छ । रातो आलुको न्यूनतम मूल्य २ रुपैयाँले बढेर आज ५० रुपैयाँ पुग्दा भारतीय सुकेको प्याजमा पनि २ रुपैयाँले नै मूल्य बढेर प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । आज स्थानीय काउलीको मूल्य ३० रुपैयाँले बढेर प्रतिकेजी ८० रुपैयाँ न्युनतम मूल्य पुगेको छ ।

त्यस्तै, कन्य च्याउ र डल्ले च्याउको मूल्य हिजोको तुलनामा आज स्थिर रहेको छ । आज च्याउ २०० रुपैयाँ प्रतिकेजीमा पाइने छ । डल्ले च्याउ पनि प्रतिकेजी ३०० रुपैयाँ नै कायम छ । गाजरको मूल्य प्रतिकेजी ११० रुपैयाँमा बिक्रि भएको छ भने घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ८०, भटमासकोशा १०० रुपैयाँ तोकिएको छ । तितो करेला ६०, लौका ७०, परवल ६०, घिरौला ४०, फर्सी पाकेको ५०, काँक्रो लोकल ९० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ ।

समितिका अनुसार फलफूलको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ । आज केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य २० रुपैयाँले बढेर आज प्रतिकेजी ३५० पुगेको छ । कागती १३०, अनारमा पनि ५० रुपैयाँ प्रतिकेजी बढेर आज ३५०, तरबुजा हरियो ७०, मौसम १६०,मेवा ८० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।