image
image

अर्थतन्त्रमा सुधारका लागि सबै सकारात्मक बनेर अघि बढ्नुपर्छ : अर्थमन्त्री महत


काठमाडौं, ३० साउन । देशमा राम्रो काम भइरहेको बेलामा नकारात्मक कुरा हावी भएको अर्थमन्त्री प्रकाश शरण महतले गुनासो गरेका छन् ।

आज आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राज्यले गरेको कार्यहरुमा सबै सकारात्मक बनेर लाग्नुपर्ने बताएका छन् ।

उनले भने ‘ यो देशमा यसै पनि नकारात्मक कुराहरु लोकप्रिय हुन्छ । गम्भीर काम भइरहेको छ सिरियस कुरा भइरहेको छ । त्यसलाई सकारात्मक भएर अगाडि ल्याउनु पर्छ ।

अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार भईरहको र सबैले सकारात्मक बनेर अघि बढ्नु पर्ने बताएका छन् । उनले टयाक्सको बाटोमा नआएकाहरुलाई ट्रयाकमा ल्याउनु पर्ने कार्यमा सरकारले प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने पनि जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।