image
image

जगदम्बा इन्टरप्राइजेजले कति करोडको गर्यो  व्यापार ?

काठमाडौ, ३० साउन । जगदम्बा इन्टरप्राइजेज प्रालिले आर्थिक वर्ष २०२१–२२ मा १५ अर्ब ४६ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । केयर रेटिङ नेपालका अनुसार यस प्रालिले अघिल्लो वर्षको भन्दा १०.२३ प्रतिशत व्यापार वृद्धि गरेको हो । आर्थिक वर्ष २०२०–२१ मा यसले १४ अर्ब २ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । त्यस्तै, २०१९–२० मा १४ अर्ब ९८ करोडको व्यापार गरेको देखिएको छ । 

 कम्पनीले लङ ट्रम कर्जा १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँका लागि ‘केयर एनपी बीबी प्लस’ रेटिङ प्राप्त गरेको छ । त्यस्तै, १३ अर्ब ९२ करोड बराबरको सर्ट ट्रम लोनका लागि भने यसले ‘केयर एनपी ए ४ प्लस’ रेटिङ पाएको छ । यसले कुल १५ अर्ब ८० करोड ६० लाख रुपैयाँको रेटिङ गरेको हो ।

उद्योगले जगदम्बा र जग शक्ति ब्रान्डका विभिन्न आइरन र स्टिल उत्पादहरु बिक्री वितरण गर्दै आएको छ। पाइप, हटरोल्ड स्ट्रिप, सटर प्रोफाइल, सटर गाइड, सटर स्प्रिङ लगायतका विभिन्न स्टिल पोलहरु पनि निर्माण गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।