image
image

आँखा पाक्ने रोगबाट लमजुङमा २ हजार ७३३ जना संक्रमित

 

काठमाडौ, ३१ साउन । विगत केही दिनयता लमजुङमा पनि आँखा पाक्ने रोग तिब्र रुपमा फैलिएको छ । जिल्लाका ८ वटै पालिकामा गरी २ हजार ७३३ जना आँखा पाक्ने रोगको संक्रमणबाट ग्रसित भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार मगंलबारसम्म सबैभन्दा धेरै सुन्दरबजार नगरपालिकामा ९१२, मध्यनेपाल नगरपालिकामा ४५७, राइनास नगरपालिकामा ४०८ बेसीशहर नगरपालिकामा २५०, मर्स्याङ्दी गाउँपालिकामा ५३५, दोर्दी गाउपालिकामा ९३ जना, क्होलासोथारमा ५३ जना र दुधपोखरी गाउँपालिकामा २५ जनामा संक्रमण फेला परेका छ ।

जनस्वास्थ्य कार्यलय लमजुङका जनस्वाथ्य निरीक्षक दिपक बम्जनका अनुसार आँखा पाक्ने रोगले बृद्धबृद्धा देखि बालबालिका सम्मलाई प्रभावित बनाएको छ । कुन उमेरका कति संक्रमति भनेर तत्थ्याङक नभएपनि विषेशगरी बालकालिका धेरै प्रभावित भएका छन् । विद्यालयमा रहँदा समूहमा बस्ने हुँदा बालबालिकामा धेरै संक्रमण भएको बताइएको छ । अधिकाशं बालबालिकामा आँखा पाक्ने समस्या बढेपछी लमजुङका केहि विद्यालय बन्द गरिएको छ ।

आँशुको माध्यमबाट सर्ने यो संक्रमण संक्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ । त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको चिकित्सकहरुको भनाइ छ । भाइरल कन्जन्टीभाइटीसको लक्षण देखिन चारदेखि १२ दिन लाग्छ ।

यो अवधिमा आँखामा कुनैपनि समस्या देखिए आफैँ औषधि लगाउनुभन्दा पनि विशेषज्ञको परामर्श लिनुपर्ने चिकित्सकको भनाई छ । संक्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा नजान र पटक–पटक हात धुने गर्न चिकित्सकको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।