image
image

‘ महिला उद्यमीहरुलाई व्यवसायमा प्रेरित गर्न पूँजीको आवश्यकता ’

काठमाडौं, ३१ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियन (इयु) को नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तराष्ट्रिय व्यापार केन्द्र (आइटिसी) को सीट्रेड इनिसिएटिभ्सको संयुक्त आयोजनामा सञ्चालित ३ दिने कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वक्ताहरुद्वारा लैङ्गिक समानता, उत्तरदायी नीति, समावेशी व्यापार नीति, महिला सशक्तिकरण लगायत विभिन्न विषयमा छलफल गरिएको थियो ।

 महिला उद्यमी महासंघलाई प्रतिनिधि गर्दै प्रथम उपाध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीहरुलाई व्यवसायमा प्रेरित गर्न पूँजीको आवश्यकता भएको र बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था भएमा महिला उद्यमीहरु अघि बढ्न सक्ने उल्लेख गरेकी छन् ।     

महिला उद्यमी महासंघले महिला उद्यमीहरुकालागि स्थानीय र अन्तराष्ट्रिय मेलाको आयोजना, विदेशी व्यापार सम्बन्धि ज्ञान र कार्यक्रमहरु र वित्तीय पहुँचका क्षेत्रमा कटिबद्ध भएर लागेको छ । महिला सशक्तिकरणको एक खुडकिलोको रुपमा बिजनेस डेभलपमेन्ट सेन्टर एपले नयाँ आयाम थप्ने कुराको जिकिर र प्रतिबद्धता व्यक्त गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।