image
image

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौ, ३२ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिददर १३२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०३ पैसा तथा युरो एकको खरिददर १४४ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४५ रूपैयाँ २४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ७० पैसा र बिक्रीदर १६९ रूपैयाँ ४६ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५१ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९० रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५६ पैसामा खरिदबिक्री गर्न सकिने छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९५ पैसा कायम गरिएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३१ रुपैयाँ र बिक्रीदर ३५.४७ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७४ रुपैयाँ कायम भएको छ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.३९ पैसा बिक्रीदर ४३२।३४ पैसामा खरिदबिक्री गर्न सकिने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।