image
image

सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौ, ३  भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा आज पनि मूल्य घटेको जनाएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ कायम थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम थियो । जुन, आज आइतबार तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ । 

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर छ ।महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।