image
image

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट


काठमाडौ, ४ भदौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सर्वसाधारणलाई जारी गरिएकोआईपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल २ लाख २७ हजार ६६२ जनाले सेयर हात पारेका छन् । यो आईपीओका लागि कुल १३ लाख १६ हजार ५२९ जनाले आवेदन दिएकामा ५ हजार ११ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ । 

बाँकी १३ लाख ११ हजार ५१७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । कम्पनीले साउन २८ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । 

लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक बीओके क्यापिटल र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको वेबसाइटबाट हेर्न सक्नेछन् । साथै, मेरो सेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट थाहा पाउन सकिन्छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।