image
image

जीवन बिमा कम्पनीहरुले ६५ प्रतिशतले बढाए मुनाफा, कुनको अवस्था कस्तो छ ?

काठमाडौ, ४ भदौ । सञ्चालनमा रहेका १२ वटा जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन् । रिपोर्टअनुसार जीवन बिमा कम्पनीहरुको नाफा गत वर्षको अन्तिम त्रैमाससम्ममा ६५.३५ प्रतिशतले बढेर ३ अर्ब ६८ करोड २३ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यिनीहरुले २ अर्ब २२ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए ।

पुनर्बिमा कमिसन, लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी बढेका कारण खुद नाफामा सुधार देखिएको हो । साथै, कतिपय कम्पनीहरुले मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् । जसले गर्दा पनि वित्तीय विवरण सबल देखिएको हो ।

त्यस्तै, जीवन बिमा कम्पनीहरुको समग्र चुक्ता पुँजी पनि ३८ अर्ब ५६ करोड ७४ लाख ८६ हजार रुपैयाँबाट बढेर ५० अर्ब ९६ करोड ३९ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको भन्दा ३२.१४ प्रतिशतले धेरै हो ।

यता, जगेडा कोषको आकार पनि ३२.१६ प्रतिशतले बढेको छ । समग्रमा १२ जीवन बिमा कम्पनीको रिजर्भमा १२ अर्ब ८९ करोड २७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जीवम बिमा कोषको आकार पनि अघिल्लो वर्षको तुलनामा २२.६८ प्रतिशतले बढेर अहिले ५ खर्ब ३१ अर्ब ८५ करोड ७५ लाख रुपैयाँ पुगेको हो ।

यी कम्पनीहरुले समग्रमा १ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका छन् । जुन अघिल्लो वर्षको भन्दा २.५३ प्रतिशत धेरै हो । समग्रमा हेर्दा नेपाल लाइफ, हिमालयन, सूर्यज्योति, आइएमई लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था अरुको भन्दा राम्रो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।