image
image

मेन्छियाम हाइड्रोपावरले सार्वजनिक गर्‍यो नोक्सानी बढेको वित्तीय रिपोर्ट

 

काठमाडौ, ४ भदौ । मेन्छियाम हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ करोड ३८ लाख ७१ हजार रुपैयाँ घाटा व्यहोरेको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो वर्षको यसै त्रैमासमा कम्पनी १ करोड १ लाख ७८ हजार रुपैयाँ नोक्सानीमा थियो ।

कम्पनीले विद्युत बिक्री गरेर १ करोड ३९ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यसले विद्युत उत्पादन सुरु गरेको थिएन । हाइड्रोपावरले ३ करोड १९ लाख ३६ हजार रुपैयाँ ब्याज भुक्तानी गरेको छ । त्यसैले गर्दा यसको घाटा बढेको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ५३ करोड ९८ लाख ८ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोष १२ करोड ९५ लाख २७ हजार रुपैयाँ ऋणात्मक छ । मेन्छियाम हाइड्रोपावरको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १३ पैसा नोक्सानीमा छ । नेटवर्थ ७६ रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।