image
image
आजको तरकारी तथा फलफूलको मुल्य, घट्यो गोलभेडाको भाउ

आजको तरकारी तथा फलफूलको मुल्य, घट्यो गोलभेडाको भाउ

 

काठमाडौ, ५ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य ११०, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, भारतीय प्याँज सुकेको ७५, लौका ७०, हरियो फर्सी ७०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ । हिजो गोलभेडा १३० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ३५, गाजर ११०, मूला सेतो ७०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ८०, तितो करेला ७०, ब्रोकाउली १५०, कागती १३०, भिण्डी रू ७०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी १४०, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४००, केरा दर्जन १३०, अनार २८० रुपैयाँ, नासपाती ७०, आभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा ९मुंगरी० २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया ३५०,खु्र्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २१०, चाइनिज लसुन २४०, लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ७०, फूजी स्याँउ ३५०, अम्बा ३००, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा १००, कन्य च्याउ २००, तने बोडी प्रतिकेजी १०० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।