image
image

रारा पर्यटकीय पुर्वाधार निर्माणले गति लिँदै

 

काठमाडौ, ५ भदौ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल रारा तालमा निर्माण हुन लागेको रारा पर्यटकीय पुर्वाधार निर्माणले गति लिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै निर्माण हुन लागेको रारा साइकल मार्गले गति लिन लागेको हो ।

पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै रारा पर्यटकस्य पूर्वाधार निर्माणले गति लिँदै गरेको छ । रारा ताल वरिपरि १४.२ किलो मिटर क्षेत्रमा रारा साइकल निर्माणले गति लिइरहेको हो ।

खानी थोदुङ क्याराभान जेभिका प्रोपाईटर चन्द्र थकालीले ठेक्का लिएको उक्त रारा पर्यटकीय पूर्वाधार निर्माणले पछिल्लो समय काममा रुप लिई रहेको डिभिजन वन कार्यालय मुगुले जनाएको छ ।

४५ करोड २९ लाख १० हजारको सम्झौता रकममा निर्माण हुन लागेको साइकल मार्ग वर्तमान अवस्थामा करिब १ हजार ५०० मिटरभन्दा बढि ड्राई स्टोन सोलिङ राख्ने निर्माण कार्य भइरहेको डिभिजन वन कार्यालय मुगुका सहायक वन अधिकृत प्रनिल देवकोटाले बताए ।

उनका अनुसार गत २४ असारमा सम्झौता भई २५ असारमा वन कार्यालयले कार्यआदेश दिई खानी थोदुङ क्याराभान जेभिले निर्माण कार्य थालनी गरेको हो । बहुवर्षीय योजना रहेको उक्त रारा पर्यटकीय पूर्वाधार निर्माणको २०८३ असार मसान्तसम्म रारा ताल वरिपरि साइकल मार्ग निर्माण कार्यलाई सम्पन गरिसक्नुपर्ने सम्झौतामा भनिएको छ ।

हाल निर्माण कार्य गर्न चालु आर्थिक वर्ष २०७९÷०८० मा कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७ करोड र संघ सरकारले ७ करोड गरि वर्तमान समयमा १४ करोडमा निर्माण कार्य भइरहेको सहायक वन अधिकृत देवकोटाले बताए ।

रारा साइकल मार्ग निर्माणको लागि गत आर्थिक बर्ष ०७७– ७८ मा तीन करोड विनियोजन भएको थियो । अहिले २००भन्दा बढि कामदारलाई काममा खटाएर निर्माण कार्यलाई गति प्रदान गरिएको खानी थोदुङ क्याराभान जेभिका प्रोपाईटर चन्द्र थकालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।