image
image

१९० प्रतिशतले बढ्यो ग्रीन भेन्चर्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौ, ७ भदौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्रीन भेन्चर्स लिमिडेटको नाफा ह्वातै बढेको छ । यसअवधिमा खुद नाफा १९०.३८ प्रतिशत ले बढेर ३१ करोड ९० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ९८ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने अम्दानी बढेकाले खुद नाफा पनि बढ्न सहयोग पुगेको हो ।

असार मसान्तसम्ममा विद्युत् बिक्रीबाट हुने आम्दानी ६३।८६ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ४५ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ९४ करोड २५ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्ष ५६ करोड ४५ लाख १६ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी असारसम्म ९४ कोड २ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ १३ पैसाले बढेर १० रुपैयाँ २१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ २२ पैसा छ । चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ छ । जगेडा कोषमा २२ करोड ५५ लाख २५ हजार रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।