image
image

एनआइसी एसिया बैंकले १ सय भन्दा बढी घरजग्गा बिक्री गर्दै

काठमाडौं, ९ भदौ । एनआइसी एसिया बैंकले देशका विभिन्न स्थानमा रहेका १०३ कित्ताभन्दा धेरै घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकले शुक्रबार सूचना प्रकाशित गरेर लिलामी सकारेर पनि बिक्री हुन नसकिरहेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको पुनः बिक्री गर्न लागेको जनाएको हो ।

बैंकले कपिलवस्तु, रुपन्देही, नवलपरासी, गुल्मी, रौतहट, सिराहा, मकवानपुर, काठमाडौंलगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो । यसको लागि बैंकले ७ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

यसरी गैर बैंकिङ सम्पतिहरु बिक्री हुन सकेमा त्यसबाट बैंकको वित्तीय स्वास्थ थप मजबुत बनाउन सहयोग पुग्नेछ । बैंकले कर्जा प्रवाह गर्दा समयमा साँवा–ब्याज असुली नभएपछि धितोमा राखेका गैर बैंकिङ सम्पतिहरु लिलाम गरेर सकारेको हो । ती सम्पति पुनः बिक्री गर्न पाइन्छ । यसरी बिक्री भएपछि त्यसलाई वासलतमा देखाउन पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।