image
image

आजको विदेशी मुद्राको विनिमयदर , कति पुग्यो अस्ट्रेलियन डलरको मूल्य ?

 

काठमाडौ, १०  भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिददर १४२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.०२ रुपैयाँमा काराेबार हुनेछ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६६.०६ रुपैयाँ रहेको छ भने बिक्रीदर १६६.८१ रुपैयाँ कायम हुँदाअस्ट्रेलियन डलर एकको खरिददर ८४.७१ रुपैयाँ र बिक्री दर ८५.०९ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसामा खरिदबिक्री हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर  १० रूपैयाँ २ पैसा मुल्य ताेकेकाे छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिददर ३६ रूपैयाँ २० पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिददर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्रीदर ३५.३३ रुपैयाँ रहेको छ तथा  मलेसियन रिंगिट एकको खरिददर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँ कायम भएकाे छ ।साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२७.५३ पैसा  विक्रीदर ४२९.४७ पैसा मुल्य ताेकिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।