image
image

पुँजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएको छ : अध्यक्ष ढकाल

 

काठमाडौ, १० भदौ । आम जनसमुदायमा माग अनुसारको पुँजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएको  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाई छ । आज काठमाडौंमा आयोजित वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम समुद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले माग अनुसारको पुँजी  प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएकाले प्रवाहलाई बढाउँनुको विकल्प नभएको बताएका छन् । 

अध्यक्ष ढकालले भने, ‘वास्तवमा अहिले आम पव्लिकमा यो डिमान्ड सप्लाईको चै धेरै नै कमि भएको  छ । र व्यवसायीक रुपमा धेरै कन्फिडेन्स् लुज भएको चै छ । सप्लाई धेरै नै कमि भएको हिसाबमा व्यवसायीमा आत्मविश्वास जाग्न सकेको छैन् । ’अध्यक्ष ढकालले व्यवसायीमा आत्मविश्वास बढाउन नेपाल राष्ट्र बैंक र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउँने हिसाबले अगाडि नजाने हो भने पछुताउनुको विकल्प नहुँने तर्क गरेका छन् । 

उनले भने,‘ यो आत्मविश्वास बढाउनलाई नेपाल राष्ट्रबैंकले  र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउँने हिसाबले अगाडि नजाने हो भने पछि हामीले पछुतो मात्र मान्ने बाहेक केहि हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।