image
image

भैरहवाबाट हङकङ र नयाँदिल्लीको उडान आजदेखि सुरु


काठमाडौं, १२ भदौ । नेपाल वायुसेवा निगम (एनएसी)ले आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने भएको छ। भैरहवास्थित गौतम बुद्ब अन्तराष्ट्रिय बिमानस्थलवाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको हो ।

आज हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरेर यसको सुरुवात गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेल मागको आधारमा उडानको संख्या थप्दै लगिने छ ।

उनका अनुसार भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् । जसका लागि एनएसीले गत भदौं १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।