image
image

दिगो विकासका निर्धारित लक्ष्यहरु प्राप्त गर्न अहिलेको कार्यगतिले पुग्दैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं, १२ भदौ । राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकासका निर्धारित लक्ष्यहरु प्राप्त गर्न अहिलेको कार्यगतिले नपुग्ने भन्दै, समयमै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज दिगो विकास लक्ष्यसम्बन्धी राष्ट्रसङ्घीय शिखर सम्मेलन तथा भावी रणनीतिका सन्दर्भमा आयोजित संसदीय परामर्श गोष्ठीमा उनले दीगो विकासको लक्ष्यलाई हाँसिल गर्न नेपालको यहि गतिको कार्य प्रयाप्त नहुने बताएका हुन् । तलदेखि माथिसम्मका सबै निकायले गम्भीर भएर लक्ष्य प्राप्तिमै ध्यान केन्द्रीत नगरे दिगो विकासको लक्ष्य पुरा गर्न नसकिने उनको भनाई छ ।

‘यो अत्यन्तै गम्भीर विषय हो,र यसलाई निरन्तर छलफल,संवाद, अन्तरक्रिया तलदेखि माथिसम्म सबै तहहरुमा अगाडि बढाउने,सचेत गराउने,हाम्रा सम्पूर्ण गतिविधिहरु यतातिर केन्द्रीत हुनुपर्ने आजको आवश्यकता हो ।’उनले नेपालमा दीगो विकास र सुशासन समितिनै बनाएको भएपनि विकासका लागि सरकार र योजना आयोगकै उल्लेख्य तादम्यता नमिलेको र त्यसमा बजेट विनियोजन गर्नलाई सरकारले गम्भीरता नदेखाएको प्रति प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।