image
image

सेयर बजार सम्बन्धि संस्थाहरुले डाटा समेटिएको एमडीपीको सुरूवात


काठमाडौ, १४ भदौ । सूचना प्रविधि सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको ‘सोर्स कोड’ ले सेयर बजार सम्बन्धी संस्थाहरुलाई रियल टाइम डाटाको पहुँच प्रदान गर्न ‘मार्केट डाटा प्रोभाइडर (एमडीपी)’ को सुरुवात गरेको छ । संस्थाहरुले सोर्स कोडको डाटा बैंक एमडीपीबाट एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत डाटा प्राप्त गर्न सक्छन् ।

सन् २०११ देखि नै फिनटेक सेवा दिँदै गर्दै आएको सोर्स कोडले नेप्सेबाट डाटा प्रदान गर्ने लाइसेन्स प्राप्त गरेको छ । सोर्स कोडले नेप्सेको लाइभ डाटाका साथै आफ्नो डाटा बैंकबाट म्युचुअल फण्ड, कर्पोरेट एक्सन, ब्रोकर फ्लोरसिट, लगानी अवसर, वित्तीय रिपोर्ट, अर्थिक विवरण लगायतका डाटा प्रदान गर्ने उल्लेख गरेको छ ।

सोर्स कोडका अनुसार एमडीपीलाई जुनकुनै पनि एप र वेबसाइटमा आवद्ध गर्न सकिन्छ । हाल ५ कम्पनीहरुले यो सेवा प्रयोग गर्दै आइरहेका छन् । अब उद्यमीहरुले पनि सोर्स कोडको एमडीपीमार्फत डाटा लिई आफ्नो प्रोडक्टलाई सेयर बजारसँग आवद्ध गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।