image
image

हिमालयन ८०–२० को इकाईमा आवेदनको ओइरियो, २ दिन अझै खुला रहने

 

काठमाडौ, १४ भदौ । हिमालयन ८०–२० को इकाईमा माग अनुसार नै आवेदन पर्ने सिडिएससीको आंकडाले देखाएको छ। सिडिएससीको आंकडाका अनुसार बुधबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको इकाईमा ४३ हजार ८०३ आवेदकले ७ करोड, ९५ लाख, ६१ हजार ३३० इकाई खरिदका लागि आवेदन दिएका छन्। यस फण्डमा क्यापिटलले ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो।

यसअघि सार्वजनिक निष्काशन भएका म्युचुअल फन्डको माग अनुसार नै आवेदन नपरेको अवस्थामा हिमालयन म्युचुअल फन्डको यस बन्दमुखी आयोजनामा भने माग अनुसार नै आवेदन पर्ने देखिन्छ। म्युचुअल फन्डको इतिहास हेर्ने हो भने पनि संस्थागत आवेदन अन्तिम दिन उल्लेखिए मात्रमा आउने गरेका छन् जसले पनि हिमालयन ८०–२० पुरै बिक्ने देखिन्छ। साउन ३२ गते देखि निष्काशन तथा बिक्रीमा रहेको हिमालयन ८०–२० को इकाईमा आवेदन दिन अब दुई दिन मात्र समय रहेको छ।

क्यापिटलले १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाइ बिक्री गर्न लागेको हो । निष्कासन गरिने कुल इकाईमध्ये १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा रहेको छ ।


नेपाली पुंजी बजारमा नविनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरि उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवद्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना “हिमालयन ८०–२०” निष्काशन भएको हो ।

धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले यसको लगानी व्यवस्थापन गर्नेछ । हिमालयन क्यापिटल लिमिटेडले यस सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुंजी बजारको नविनतम तथा उत्तम अभ्यासहरू अपनाई गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।