image
image
देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास भइरहेको छ : अर्थमन्त्री महत

देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास भइरहेको छ : अर्थमन्त्री महत


काठमाडौं, १६ भदौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिको विकाससँगै अवसरमात्रै नभएर चुनौति पनि थपिएको बताएका छन् ।

शनिबार आर्थिक पत्रकार समाज सेजन को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगले चुनौति थपिएको बताए ।

उनले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ । टेक्नोलोजीले सहज बनाउँको साथसाथै चुनौती पनि थपिएको छ । नयाँ नयाँ टेक्नोलोजीको सदुपयोग र दुरुपयोग दुबैको चुनौति थपिएको छ । राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका हामी किन नहौं, कर्मचारी र सुरक्षा निकाय किन नहोस् या निजी क्षेत्र वा पत्रकार जगत किन नहोस् सबै क्षेत्रमा प्रविधिले चुनौति थपेको छ ।’

संसदभित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको भन्दै त्यसलाई सबैले स्वीकार गरेको उनको भनाई छ । अर्थमन्त्रालय र आफ्ना विषयमा कुनै प्रश्न भए प्रत्यक्षरुपमा चासो, चिन्ता र प्रश्नका लागि सधैं खुला रहेको उनको भनाई छ ।

उनले भने, ‘संसदभित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको छु, त्यसलाई सबैले स्वीकार गरेका छन’ मन्त्री डा.महतले भन्नुभयो, ‘आर्थिक पत्रकार समाजलगायत सञ्चार जगतले अर्थमन्त्रालय र मेरा विषयमा कुनै प्रश्न छ भने प्रत्यक्षरुपमा चासो, चिन्ता, दुविधा र प्रश्नका लागि म सधैं खुला छु ।’

उनले देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास भइरहेको जिकिर गरे । मन्त्री महतले अनुमान गरेअनुसार राजश्व नबढेता पनि आउँदो वर्ष लक्ष्यमा पुग्ने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।