image
image

सिभिल सहकारीको भेला सम्पन्न, बचत सुरक्षित हुनपर्नेमा सबैको जोड

 काठमाडौं, १६ भदौ । सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाले विशेष साधारण सभाको पूर्व तयारीका लागि बोलाएको भेलामा सहभागिले आफ्नो बचत सुरक्षित हुनु पर्ने आवाज उठाएका छन् । 

सहकारी संस्थाले भदौ ३० गते सोल्टीमोड कालिमाटीमा बोलाएको विशेष साधारण सभाको तयारी स्वरुप आज बोलाइएको भेलामा सहभागिले  बचतकर्ता र लगानीकर्ताको आर्थिक सुरक्षाका लागि गम्भीर भएर लाग्नु पर्ने निष्र्कष निकालेको हो । भेलामा सहभागि पीडितहरुले, संस्थाको लगानी र चल अचल सम्पतीको सदुपयोग र त्यसबाट आफूहरुको लगानी सुरक्षित हुने वातावरण निर्माणका लागि ठोस पहल थालिनु पर्ने बताएका थिए। 

भेलामा सहभागि पीडित शंकर नापितले, आफ्नो छोरी बिरामी हुदाँसम्म आफूले रकम नपाएको भन्दै आक्रोश पोखे । ‘व्यवस्थापक समिति गठन गरिसकेपछि त्यसले सम्पती बेच्ने अधिकार कतिको छ त ? समिति बन्दैमा हुन्छ त । मुद्दा चलिरहेको छ अदालतमा । त्यो सम्पती हामीले बेच्न सकिन्छ त ? ’ उनको प्रश्न छ । 

त्यस्तै अन्य पीडितले पनि एक जनाको कारणले गर्दा समस्या भएको भन्दै आक्रोश पोखेका छन् । यसअघि उच्च अदालत पाटनले साधारण सभा आह्वान गर्न आदेश दिएको थियो । सोही बमोजिम भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालय र संस्थाका पिडित बचतकर्ता सदस्यहरूबीच पटक–पटक छलफल भई सभा बोलाउने सहमति भएको थियो । गत बैशाख २१ गते पठाएको पत्र अनुसार विशेष सभा बोलाएको संस्थाले जनाएको छ ।

अब यही भदौ ३० गतेको साधारण सभाले समस्या समाधान गर्ने प्रयोजनका लागि विशेष अधिकार प्राप्त समितिको चयन गर्नेछ । त्यस्तै, विशेष अधिकार प्राप्त समितिलाई संस्थाको एकिन गरी बचत तथा लगानी गरेको ऋणलगायत सहकारीका ऋणीहरूबाट लेना रकम असूल उपर गरी समस्या समाधान गर्न आवश्यक अख्तियारी प्रदान गर्नेछ ।

यस्तै, पिडित बचतकर्ता सदस्यहरूको बचत रकम फिर्ता गर्न आवश्यक कार्यविधि बनाउने तयार छ। सिभिल सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इच्छाराज तामाङ हिरासतमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।