image
image

नेपाल रिपब्लिक मिडियाले कमायो १३ लाख २४ हजार


काठमाडौ, २४ भदौ । नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ लाख २४ हजार ३६१ रुपैयाँ खुदा नाफा आर्जन गरेको छ ।अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ८२ लाख ८ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । गत वर्षको अन्तिममा यसले २६ करोड १ लाखको कारोबार गरेको छ । अघिल्लो वर्ष २० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

कम्पनीले बिक्रीमा क्रमिक सुधार देखिएको जनाएको छ । त्यसैले नाफामा सुधार आएको हो । यसको प्रशासन खर्च ६ करोड ३७ लाखबाट बढेर ७ करोड ८५ लाख पुगेको छ । त्यस्तै, बिक्री वितरण खर्च भने २ करोड ८० लाखबाट घटेर २ करोड १७ लाख कायम भएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४६ करोड ४ लाख थियो । यसले केही महिना अघि आइपीओ जारी गरेको हो । रिटेन अर्निङ भने ५० करोड ९५ लाख १३ हजार रुपैयाँले ऋणात्मक छ ।

यसको प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ५३ पैसा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा ८४ रुपैयाँ ४७ पैसा थियो । प्रतिसेयर आम्दानी १४ पैसा रहेको छ । अघिल्लो वर्ष १० रुपैयाँ ४७ पैसा नोक्सानीमा थियो । यसले मुख्यतयः नागरिक दैनिक प्रकाशन गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।