image
image

मुलुकको बलियो अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको भूमिका महत्वपूर्ण : अध्यक्ष ओली


काठमाडौ, २४ भदौ ।   मुलुकको बलियो अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ठमाडौंमा आयोजित सहकारीकर्मीहरुसँग केपी ओली विषयक अन्र्तक्रियामा उनले गरिबी उन्मुलन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । 

उनले भने ‘राष्ट्रिय पुँजी निमार्ण गर्ने आधार साना साना उत्पादन पनि हो, जुन स्थानीय तहबाट भएको कृषि, उद्योग जे भएपनि आफैले सञ्चालन गर्न सक्ने खालका हुन्छन् । तर अलि ठूलो मात्रामा सबै मिलेर धेरै मात्रामा लान सक्ने र राष्ट्रको अर्थतन्त्र निमार्ण गर्न सक्ने शहकारीको माध्यमबाट नै हो ।’ उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि शहकारी नै बलियो आधार भएको स्मरण गरे ।

 ‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्छौ भन्दा यसका लागि सबैभन्दा उपयोगी शहकारी नै हो । जसको माध्यमबाट राष्ट्रिय र आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न सक्छौ । अर्थतन्त्रमा भक्तिमार्ग होईन् स्वास्थ्य मार्ग र फाइदा मार्ग हेर्नुपर्छ । हामी अनावश्यक रुपमा बाहिरको सामान उपभोग गर्छौ सकेसम्म आफ्नै सामान प्रयोग गर्ने गरौं । ’ उनले भने । 

उनले स्वदेशी बस्तु उत्पादन र  निर्यातमा शहकारी क्षेत्रको अहंम् भूमिका हुने उनको भनाई छ । ‘कृषि व्यवसायलाई आत्मनिर्भर हुन सक्ने तहसम्म ल्याउँने हो भने कपास, उन, कपडा बुन्ने, सबै हामीले बनाउँन सक्यौ भने विश्व अर्थतन्त्रमा आएको समस्याले केही फरक पर्दैन्, भोगमरी हुदैँन् कोही बेरोजगार हुदैँन् त्यस्तो कामहरु योजनाबद्ध तरिकाले सहकारी मार्फत लान सक्छौ । ’ उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।