image
image

बलेफी हाइड्रोपावरले बोलायो साधारण सभा

 

काठमाडौ, २५ भदौ । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर प्रस्तावसहित एकैपटक दुई आर्थिक वर्षको साधारणसभा बोलाएको छ । सभा असोज १८ गते आम्रपालि ब्यांकेट, नक्साल भाटभटेनी नजिकै, काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

सभामा यस कम्पनीले १ः१ (१०० प्रतिशत) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । सोही पुँजीको १०० प्रतिशत राइट सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभामा आर्थिक वर्ष २०७७–०७८ र २०७८–०७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गते बुक क्लोज गर्ने भएको छ । सभामा सहभागी हुन असोज ४ गतेसम्म सेयरधनी कायम हुनुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।