जिल्ला सहकारी संघ काठमाडौद्वारा आजदेखि ११ दिनसम्म सहकारी दिवस मनाउने
काठमाडौं। जिल्ला सहकारी संघ काठमाडौंले ६४औं राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सार्वजनीक गरेको छ। संघले चैत्र १७ गतेदेखि २८ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो।
नेपालमा सहकारी अभियानको सुरुवात भएको दिनको सम्झना गर्दै सहकारी दिवस मनाउने गरिएको हो । २०१३ साल चैत्र २० गते चितवनमा पहिलो सहकारी बखान सहकारीको स्थापनालाई अधार मानेर प्रत्यक वर्ष सहकारी दिवस मनाउने गरिएको छ । नेपालले यो वर्षको सहकारी दिवसको मुख्य नारा‘मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’तय गरेको छ ।
काठमाडौं जिल्ला सहकारी संघकै संयोजनमा हुने उक्त कार्यक्रममा मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी’ सम्वन्धि गोष्ठी, मातातीर्थ वृद्धाश्रममा भोजन तथा फलफूल वितरण, स्कूल तथा पुनःस्थापना केन्द्रमा अटिजम तथा सुस्त मनस्थितिका बालबालिकालाई शैक्षिक सामाग्री बितरण, गोकर्णेश्वर नगरपालिका उत्तर बाहिनी गुरुकुल संस्कृत विद्यालयमा खाद्यान्न वितरण,साथै शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम, बुढानिलकण्ठ मन्दिर परिसर सरसफाई जस्ता थुप्रै कार्यक्रम हुने जिल्ला सहकारी संघ काठमाडौैका अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए ।
त्यसैगरी उक्त कार्यक्रम चैत्र २८ गते बिहान १० बजे दशरथ रङ्गशालामा कोभिड कप मैत्रीपूर्ण फुटबल प्रतियोगिता सकिएपछि सकिने अध्यक्ष तामाङले जानकारी दिए ।