image
image
सिटिजन लाइफ इन्स्योरेन्सको प्रि–अलोटमेन्ट सम्पन्न, आईपीओ बाँडफाँट कहिले ?

सिटिजन लाइफ इन्स्योरेन्सको प्रि–अलोटमेन्ट सम्पन्न, आईपीओ बाँडफाँट कहिले ?


काठमाडौ, २६ भदौ । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बिहीबार बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल अनुसार भदौ २८ गते आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्रि–अलोटमेन्ट सोमबार सम्पन्न भएको छ ।

यता, सिटिजन लाइफको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १.८६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १५ लाख १० हजार ६९३ जनाले कुल १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ९ लाख जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ६ लाख १० हजार ६९३ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आपीओ बिक्री खुला गरेको थियो । कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर यसअघिनै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (५ लाख ६२ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको थियो ।

यो आईपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।