प्रभु सेलेक्ट फन्डको लाभांश घोषणा
काठमाडौ, २६ भदौ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘प्रभु सेलेक्ट फन्ड’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।
क्यापिटलको सोमबार बसेको सञ्चालक समिति बैठकले प्रभु सेलेक्ट फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट करसहित ९.५० प्रतिशत का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।यस क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना छिट्टै सार्वजनिक गर्ने बताएको छ ।









