image
image
ब्रेक शुबाट थप ३०२ किलो सुन आएको सीआईबीको निष्कर्ष

ब्रेक शुबाट थप ३०२ किलो सुन आएको सीआईबीको निष्कर्ष


काठमाडौं, २७ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ब्रेक शुबाट ३०२ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ । ६० किलो ७१६ ग्राम सुन प्रकरणको अनुसन्धान सकेर बुधबार सरकारी वकिललाई प्रतिवेदन बुझाउने तयारी गरेको सीआईबीले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको हो ।

प्रतिवेदन बुझाउनुअघि आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेको सीआईबीले अन्य सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन गत गत २ साउनमा आन्तरिक राजश्व विभागले बरामद गरेको थियो । उक्त सुन पनि ब्रेक शुमा लुकाएर ल्याइएको थियो ।

उक्त बरामद सुनबारे अनुसन्धान गर्ने जिम्मेवारी पाएको सीआईबीले ब्रेक शुमा लुकाएर थप ३०२.६२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।