image
image
सोनापुरको थप १४ लाख ४६ हजार कित्ता सेयर सर्वसाधारणलाई जारी हुने

सोनापुरको थप १४ लाख ४६ हजार कित्ता सेयर सर्वसाधारणलाई जारी हुने

 

काठमाडौ, २७ भदौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले स्थानीयलाई निष्कासन गरिएको कुल १५ लाख ३७ हजार ५२५ कित्तामध्ये ९१ हजार ३० कित्ताका लागि मात्र आवेदन परेको छ । सीडीएसका अनुसार मंगलबारसम्म ४५८ जनाले आवेदन दिएका छन् । उनीहरुले २ करोड ४ लाख ८१ हजार ७५ रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

यता, स्थानीयलाई निष्कासन गरिएको १४ लाख ४६ हजार ४९५ कित्ता सेयर बिक्री हुन अझै बाँकी रहेको छ । अब बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिनेछ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आज कार्यालय समयभित्र मात्र आइपीओमा आवेदन दिन मिल्ने व्यवस्था गरिएको थियो । सोनापुर मिनरल्सले साउन २९ गतेदेखि प्रिमियममा आईपीओ निष्कासन गरेको हो ।

यसले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गरेको हो । उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन मिल्ने थियो । स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मको लागि आवेदन दिन मिल्ने व्यवस्था गरिएको थियो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । क्रेडिट रेटिङ नेपालले सोनापुर मिनरल्सको आईपीओलाई केयर एनपी त्रिपल बी माइनस इस्यूआर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।