image
image
भिजन लुम्बिनी ऊर्जाको आईपीओ : स्थानीयलाई समय थप

भिजन लुम्बिनी ऊर्जाको आईपीओ : स्थानीयलाई समय थप

काठमाडौ, २ असोज । भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज असोज २ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आईपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १०५ अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो । यसआधारमा १ सय अंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयरमा स्थानीयले आवेदन दिन सक्नेछन् ।

कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का स्थानीय बासिन्दालाई निष्कासन गरेको हो । यता, कम्पनीको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १०५ अर्थात १ लाख ९१ हजार २५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् ।

यसमा स्थानीय समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १९ हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘आइएरएन डबल बी माइनस’ प्रदान गरेको छ ।

स्थानीयले सेती नदी जलविद्युत आयोजना स्थल, माछापुच्छ्रे गाउँपालिका, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्स माछापुच्छ्रे गाउँपालिका भुजुङ्गखोला शाखाबाट आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।