image
image
बजेट विनियोजनले सङ्घीयतालाई बलियो बनाउन सकेन : राज्यमन्त्री कुमारी

बजेट विनियोजनले सङ्घीयतालाई बलियो बनाउन सकेन : राज्यमन्त्री कुमारी

 

काठमाडौं, २ भदौ । बजेट विनियोजनले सङ्घीयतालाई बलियो बनाउन नसकेको शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले बताएकी छन् । आज काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८० मूल समारोह कार्यक्रममा उनले राज्यले पिछडिएका वर्गहरूलाई अनुकूल हुनेगरी बजेट निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

बजेट विनियोजनमा संविधान संशोधन हुन आवश्यक भएको उनको भनाइ छ । मन्त्री कुमारीले शिक्षा मन्त्रालयले पिछडिएका वर्गको हकमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘शिक्षासम्बन्धी विकास हुनको लागि पिछडिएका वर्गहरूलाई अनुकूल हुनेगरी प्रकृयाहरू अगाडि बढाउनुपर्छ । निश्चित रूपले उहाँहरूले पनि राज्यमा समानुपातिक साझेदारी पाउनुपर्छ । त्यसका लागि शिक्षा मन्त्रालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । सङ्घीयतालाई मजबुत बनाउन शिक्षाको महत्वपर्ण भूमिका रहन्छ । शिक्षा मन्त्रालयअन्तर्गतको बजेट विनियोजनले सङ्घीयतालाई मजबुत बनाउन सक्दैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।