image
image
सिद्धार्थ इक्विटी र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को नगद लाभांश खातामा जम्मा

सिद्धार्थ इक्विटी र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को नगद लाभांश खातामा जम्मा

 

काठमाडौं, २ भदौ । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले आफ्ना इकाईधनीलाई नगद लाभांश बैंक खातामा पठाइसकेका छन् । दुवै फन्डले भदौ १२ गतेसमम डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल भदौ २७ गतेबाट पठाउन सुरु गरेको जनाएका छन् ।

यस्तै, फन्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेका छन् । यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।

यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने सिद्धार्थ क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९–८० को नाफाबाट इन्भेष्टमेन्ट ग्रोथ स्कीमले करसहित ६.५ प्रतिशत र इक्विटी फन्डले करसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।